आकासे पानी संकलन तथा भूमिगत जल रिचार्ज प्रणाली परियोजना हस्तान्तरण
काठमाडौं ।
एकीकृत सहरी विकास केन्द्रले आकासे पानी संकलन तथा भूमिगत जल रिचार्ज प्रणाली परियोजना हस्तान्तरण गरेको छ । केन्द्रले वाटर एड र कोकाकोला फाउन्डेसनसँग समन्वय गरी नेपाली सेनाको राजदल गण, लगनखेल ब्यारेकहाताभित्र गत कात्तिक १७ गतेबाट निर्माणकार्य सुरु गरेको भूमिगत जल रिचार्ज प्रणाली परियोजना गत शुक्रबार सम्पन्न गरिएको थियो ।
उक्त परियोजना आइतबार विधिवतरूपमा राजदल गणलाई हस्तान्तरण गरिएको छ । लगनखेल ब्यारेक र वरपरको इलाकामा सुख्खा याममा पानीको तीव्र अभाव भइरहेको परिस्थितिलाई न्यूनीकरण गर्ने हेतुले गणको सहकार्यमा ब्यारेकहाताभित्र उक्त परियोजना निर्माण गरिएको हो । यस योजनाअन्तर्गत लगनखेल ब्यारेकहातामा ५१ वटा रिचार्ज पिट, ५१ वटा फिल्टरेसन चेम्बर, तीनवटा डिजाइटिङ चेम्बर, दुई सय ५० मिटर वाटर ड्रेनेज सिस्टम र एउटा रेन गार्डेन निर्माण गरिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा सञ्चालन भएको परियोजना हस्तान्तरण कार्यक्रममा एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक द्रोणप्रसाद कोइराला तथा संस्थापक प्राडा संगिता सिंह, वाटर एड नेपालका देशीय निर्देशक तृप्ती राई, बोट्लर्स नेपाल लिमिटेडका देशीय पब्लिक अफिसर इरिना कार्की गुरुङका साथै नेपाली सेनाको तर्फबाट श्री नं. १३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिनेश कुमार केसीलगायत गणका गणपति एवं अन्य अधिकृतहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया