Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिचिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

चिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति


लमजुङ, पुस २४
लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ । मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो । फार्ममा एक सय ७० बाख्रा र तीन सय लोकल कुखुरा थिए । आगलागी हुँदा बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब डेढ करोड बढी क्षति भएको छ । २०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको हो । सुरुमा चार करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल पाँच करोड लगानी पुगेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया