आठौँ सेट साइकल -याली क्यान्सरविरुद्धको यात्रा
काठमाडौं ।
सेट काउन्सिल, सेन्ट जेभियर्स कलेजको आयोजनामा शनिबार आठौँ सेट साइकल -याली क्यान्सरविरुद्धको यात्रा आयोजना हुने भएको छ । लामो समयदेखि वार्षिक रुपमा हुँदै आइरहेको यो कार्यक्रमको मुख्य उद्देश्य स्तन र ग्रिवा क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर रोगीको सक्दो मद्दत गर्नु रहेको बताइएको छ ।
कलेजका विद्यार्थीद्वारा आयोजित यस कार्यक्रमबाट हुने आर्थिक लाभ रिचा बझिमाया फाउन्डेसनको माध्यमबाट स्तन र ग्रिवा क्यान्सरसँग लडिरहेका मानिसको उपचार खर्चमा प्रयोग गरिने बताइएको छ । -यालीमा विद्यालय तहका विधार्थीदेखि समाजसेवी, राष्ट्र निर्माणमा लागेका व्यक्तिहरु, व्यापारी, शिक्षक, कलाकार र समाजका विविध क्षेत्रमा लागेका मानिसहरुको सहभागिता जनाउँदै आएका छन् ।
माइतीघरबाट खरिबोट, लुभु हुँदै फेरि घुमेर फेरि सेन्ट जेभियर्ससम्म साईकल यात्रा हुने छ । कार्यक्रममा जलपान, प्रमाणपत्र, टिसर्ट, साइकल हायरिङ व्यवस्थालगायत कोभिड सतर्कता र नियमको पूर्णरुपमा पालना गरिने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया