बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
बेइजिङ ।
अलिबाबाा र एन्ट ग्रुपका संस्थापक ज्याकमाले चीनकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन् । चिनियाँ नियामक अधिकारीहरुले माविरुद्ध अनुसन्धान गरिरहेका छन् । मा र उनको परिवार हुरुन ग्लोबल रिच लिस्ट २०२० र २०१९ मा उच्च स्थानमा रहे पनि मंगलबार प्रकाशित ताजा रिपोर्टअनुसार माले उक्त उपाधि गुमाएका छन् ।
उनको स्थान अहिले नोङफु स्प्रिङ ब्रान्डको बोटल वाटर बिक्रेता कम्पनीका मालिक झोंग शान्सानले लिएका छन् । टेन्सेन्ट होल्डिंग्सका पोनी मा, इकमर्स पिन्डुओडुओका कोलिन हुआंगहरु अगाडि आएका छन् । हुरुन रिपोर्टअनुसार माको अवनति चीन सरकारले अलिबाबा र एन्ट ग्रुपको धोखाधडीपूर्ण व्यवसाय गरिरहेको भन्दै थालेको अनुसन्धानपछि सुरु भएको हो । माले अक्टोबर २४ मा दिएको एक भाषणपछि उनी अनुसन्धानको घेरामा परेका थिए । अलिबाबा चर्चित प्रविधि कम्पनी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
- मजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया