बझाङ ।
बझाङको सदरमुकाम चैनपुर सार्वजनिक शौचालयविहीन भएको छ । बझाङको केन्द्रबिन्दु तथा जयपृथ्वी नगरपालिकाको चैनपुर बजारमा केही वर्षअघि चैनपुरस्थित खुलामञ्चमा महिला र पुरुषको लागि छुट्टाछुट्टै प्रयोगका लागि सार्वजनिक शौचालय निर्माण गरिए पनि कोरोना महामारीपछि बन्द भएको शौचालय हालसम्म पनि सञ्चालनमा आएको छैन ।
सदरमुकामजस्तो ठाउँमा सार्वजनिक शौचालय नहुनु र भएको एउटा मात्रै शौचालय पनि बन्द हुँदा सर्वसाधारणहरूलाई असहज भएको स्थानीय मनराज धामीले बताए । सार्वजनिक शौचालय बन्द हुँदा गाउँघरबाट आएका सर्वसाधारणहरू शौच गर्नका लागि समस्यामा परेका छन् । स्थानीय सुरेश विष्टले सदरमुकाममै सार्वजनिक शौचालय नहुँदा शौच गर्न होटलका शौचालय खोज्दै जानुपर्ने अवस्था रहेको बताए ।
‘शौच गर्न मन लागेपछि चिया खाजा खाने बहानामा होटलमा जानुपर्छ,’ विष्टले भने । उनले शौचालय बन्द भएको आठ महिना पुग्दा पनि सञ्चालनका लागि नगरपालिकाले चासो नदिएको बताए । सार्वजनिक शौचालय हेरचाह तथा सरसफाइ गर्दै आएका राजेन्द्र कामीले भने, ‘कोरोनाका कारण गत चैत १२ गतेदेखि शौचालय बन्द गरेको हुँ, आजभोलि पानी आउँदैन, पानी नभएकाले शौचालय बन्द गरिएको छ ।’
खानेपानी कार्यालय र नगरपालिकामा पानी अभाव भएको जानकारी गराए पनि कुनै पहल नभएकाले शौचालय बन्द गर्नुपरेको उनले बताए । यता जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भने, ‘ट्यांकीमा पानी नचढ्ने समस्या भएको छ । हामीले त्यसको विकल्प खोजिरहेका छौँ ।’ सदरमुकाम चैनपुरभित्रै दुईवटा नयाँ सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय भएकाले केही दिनमै काम सुरु हुने बताए । नयाँ शौचालय निर्माण भएपछि सार्वजनिक शौचालयको समस्या हट्ने उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया