अमेरिका ।
चर्चित अर्बपति वारेन बफेट पनि एक खर्ब डलरभन्दा धेरै सम्पत्ति भएका धनीको क्लबमा प्रवेश गरेका छन् । बीबीसीका अनुसार एलन मस्क, जेफ बेजोस र बिल गेट्ससँगै बफेट पनि जोडिएका हुन् । ९० वर्षीय बफेट लगानी कम्पनी बर्कशाइर हाथावेका प्रमुख हुन् । यो वर्ष कम्पनीको सेयर कीर्तिमानी स्तरमा बढेको छ । बुधबार पहिलोपटक बफेटको सम्पत्ति एक सय अर्ब डलर पुगेको हो । बफेटलाई अहिलेसम्मकै सफल लगानीकर्ताको रुपमा चिनिन्छ । उनले दानमै अर्बौँ डलर खर्चिसकेका छन् ।
उनी दशकौँसम्म विश्व धनी सूचीमा उच्च स्थानमा रहन सफल भएका थिए । तर अहिलेसम्म उनको सम्पत्ति एक खर्ब डलरभन्दा माथि पुगेको थिएन । यसको कारण भने उनले गरेको दानलाई मानिएको छ । बफेटले सन् २००६ यता बर्कशाइरको सेयरमा हालसम्म ३७ अर्ब डलरजति दान गरिसकेका छन् । उनी दान गर्न प्रेरित गर्ने गिभिङ प्लिज अभियानका सहसंस्थापक हुन् । यसले अर्बपतिहरुले धेरैभन्दा धेरै सम्पत्ति दान गर्न अभिप्रेरित गर्छ ।
अमेजनका जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कटले पनि यसमा हस्ताक्षर गरेकी छिन् । स्कटले पनि चार अर्बभन्दा डलर गत वर्ष चार महिनामै दान गरेकी थिइन् । बफेटको कुल सम्पत्तिमध्ये छ भागको एक भाग बर्कशाइरबाटै आउँछ । यो कम्पनीको मूल्यांकन छ खर्ब डलर हाराहारी छ । यो कम्पनीको सेयर यो वर्ष मात्रै १५ प्रतिशतले बढेको छ ।
कम्पनीको एक कित्ता सेयरको मूल्य चार लाख अमेरिकी डलर छ । एप्पलमा समेत यो कम्पनीको राम्रै सेयर लगानी छ । यसबाहेक अन्य प्रविधिसम्बन्धी कम्पनीमा पनि यसको सेयर छ । बर्कशाइर बफेटले किन्नुअघि एउटा कपडासम्बन्धी कम्पपनी थियो । बफेटले सन् १९६५ मा यो कम्पनी खरिद गरेका थिए । यसका अहिले ९० भन्दा धेरै व्यावसायिक स्वामित्व रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया