अमेरिकी सहरमा भेटिन थाले बिटक्वाइन एटीएम !
अमेरिका ।
मोन्टानाका चुरोट पसल, क्यारोलिनाका ग्यास स्टेसन र न्युयोर्क सहरका टाढा टाढाका कुनामा एउटा नयाँ फिचर देखापरेका छन् । त्यो नयाँ फिचर भने भर्चुअल मुद्रा बिटक्वाइनको एटीएम हो । जहाँ क्रेताले बिटक्वाइन किन्न र बिक्रेताले बेच्न पनि सक्छन् ।
बितेको दुई वर्षयता अमेरिकाभर बिटक्वाइन एटीएम राख्ने क्रममा तीव्रता आएको छ । पछिल्लो समय बिटक्वाइनको मूल्य ५८ हजार अमेरिकी डलरमाथि पुग्दै गर्दा बिटक्वाइन एटीएमको संख्या पनि बढ्दै गएको छ । कियोस्कका सञ्चालकहरु क्वाइनफ्लिप र क्वाइन क्लाउडले हजारौँ यस्ता एटीएमहरु राखेका छन् । क्वाड क्वाइन संस्थापक मार्क शोइकेत भन्छन्, ‘मैले त्यहाँ बिटक्वाइन चाहने मानिसहरु र यसको माग यत्रतत्र रहेको अनुमान गरेँ ।’ मार्क बिटक्वाइन एटीएम डेसर्टका लागि एउटा अमेरिकी नक्सा स्क्यान गरेपछि मोन्टाना उडेका थिए ।
साता लामो सडक यात्रापछि उनले बिटक्वाइन एटीएम मेसिन राख्ने सातवटा स्थान पाए । त्यसमध्ये एउटा थियो– मोन्टानको बिलिंग्समा रहेको ४०६ ग्लास स्टोर । यसले सुर्तीजन्य पदार्थ भेप जुस र रंगविरंगका सिसाका पाइप बेच्छ । जनवरीसम्म अमेरिकामा बिटक्वाइन एटीएमको संख्या २८ हजार १ सय ८५ वटा पुगिसकेको हाउमेनीबिटक्वाइनएटीएम्सडटकमले जनाएको छ । यो एउटा स्वतन्त्र अनुसन्धान साइट हो । पाँच महिनामै १० हजार यस्ता एटीएम राखिएको पाइएको छ । यसरी नयाँ एटीएम स्थापना हुनुलाई पछिल्लो समय बिटक्वाइन मूल्यमा आएको तीव्र बढोत्तरीलाई लिइएको छ ।
अनलाइन कारोबारभन्दा मानिसहरुले गर्ने एटीएम प्रयोग फरक हुन्छ । कसैले क्यास पाउँछन्, कसैको बैंक एकाउन्ट नै हुँदैन, कसैले विदेशमा रेमिट्यान्स पठाउन चाहन्छन् त कोही गोप्य रहन चाहन्छन् । कोही भने भौतिक मेसिनसँग हुँदा आनन्द अनुभव गर्छन् । ५१ वर्षीया रेबेका ह्वाइट एक बिटक्वाइन लगानीकर्ता हुन् । उनी पिट्सबर्गमा बस्छिन् । उनी ठूलै परिमाणमा अनलाइन लगानी गर्छिन् तर परिवारसँग थप पैसा हुँदा बिटक्वाइन एटीएम पनि प्रयोग गर्छिन् । ‘जब हामी हाम्रो ग्रोसरी किनमेल गर्छौँ र हामीसँग ६० डलर बाँकी हुन्छ, म बिटक्वाइन एटीएममा रोकिन्छु’, ह्वाइट भन्छिन् । उनी एक आणविक ऊर्जा उद्योगमा कार्यरत छिन् ।
केही यस्ता मेसिनले बिटक्वाइन दिने मात्रै काम गर्छन् भने अन्य केहीले भने इच्छुक लगानीकर्तालाई धेरै किसिमका भर्चुअल मुद्रामा लगानी गर्ने सुविधा पनि दिएका छन् । थोरै बिटक्वाइन एटीएमले पैसा पनि उपलब्ध गराउँछन् । तर उनीहरु महंगा छन् । साइफर ट्रेस नामक कम्पनीको वित्तीय अनुसन्धान र शिक्षासम्बन्धी निर्देशक पामेला क्लेगका अनुसार यस्ता एटीएम प्रयोगबापत कुल कारोबारको छ प्रतिशतदेखि २० प्रतिशतसम्म शुल्क लाग्छ ।
यस्तो शुल्क स्थानअनुसार र बिटक्वाइन एटीएम सञ्चालकअनुसार फरक पर्छ ।क्लेगका अनुसार एटीएम बजारमा ४५ प्रतिशतले बढेको छ । एटीएम वृद्धिदर तीव्र बन्दै गर्दा सरकारी संस्थाहरुले केही एटीएममाथि रोक समेत लगाएका छन् । ती एटीएमको लागत र अवैध क्रियाकलापलाई कारण देखाउँदै केही एटीएममाथि रातो झण्डा देखाइएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
- ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
- भारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
- ‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया