नयाँदिल्ली ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार आठ सय ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।
एएनआईका अनुसार सोही अवधिमा अरु २२ हजार नौ सय ५६ जना भने संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा संक्रमितहरुको संख्या झण्डै दोब्बर रहेकाले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्यामा वृद्धि हुँदै गएको छ ।
भारतमा अहिले कुल संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार एक सय ३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भारतमा एक लाख ५९ हजार सात सय ५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीमध्ये एक सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार पाँच सय २९ जना संक्रमित भएका छन् । भारतमा अहिलेसम्म चार करोड ४६ लाख तीन हजार आठ सय ४१ खोप लगाइएको छ । शनिबारसम्म देशभर २३ करोड ३५ लाख ६५ हजार एक सय १९ जनाको कोरोना परीक्षण गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया