पाकिस्तानको व्यापारघाटा दुई अर्ब ९६ करोड अमेरिकी डलर
इस्लामावाद ।
मार्च महिनामा पाकिस्तानको व्यापारघाटा ९७.६ प्रतिशतले बढेको छ । उक्त दरले बढेर एक महिनाको व्यापारघाटा दुई अर्ब ९६ करोड अमेरिकी डलर पुगेको हो । पाकिस्तानी मिडियाका अनुसार अघिल्लो वर्ष सोही अवधिमा डेढ अर्ब डलर मात्रै थियो । पछिल्लो तथ्यांक पाकिस्तानको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको हो । महिनागत तुलनामा व्यापारघाटा १७.७७ प्रतिशतले बढेको बताइएको छ । गत वर्षको डिसेम्बरयता व्यापार दूरी अझै फराकिलो भएको छ । फेब्रुअरी महिनामा २३.९३ प्रतिशतले बढेर दुई अर्ब ५२ करोड डलर पुगेको थियो ।
गत वर्षको सोही महिनामा दुई अर्ब तीन करोड डलर मात्रै रहेको थियो । मार्च महिनामा पाकिस्तानको आयात समेत पाँच अर्ब ३१ करोड ३० लाख डलरले बढेको छ । पेट्रोलियम, गहुँ, भटमास, मेसिनरी, कच्चा पदार्थ, केमिकल्स, मोबाइल, मल, टायर र एन्टिबायोटिक्स तथा खोपको आयात बढेको छ । नौ महिनामा व्यापारघाटा बढेर २१ अर्ब २४ करोड डलर पुगेको छ । सोही अवधिमा गत वर्ष १७ अर्ब ३५ करोड डलर रहेको थियो । यो भनेको २२.४ प्रतिशत वृद्धि हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया