जिएम यादव
बाँके, पुस २८
सवारी साधनको बढ्दो प्रयोगसँगै पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको माग विगतको तुलनामा वृद्धि भएको छ । तीन वर्षको तथ्याङ्कले पेट्रोलियम तथा एलपीजी ग्यासको माग बढेको देखिन्छ । सडकमा सञ्जालमा वृद्धि भएसँगै यातायातका साधन पनि वृद्धि भएका छन् । त्यसले पेट्रोलियम पदार्थको माग बढेको नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख नवविनोद पोखरेलले जानकारी दिएका छन् । यद्यपि, खाना पकाउन बढी प्रयोग हुने मट्टीतेलको मागको वृद्धिदरमा कमी आएको छ भने ग्यासको माग बढ्दै गएको नेपालगन्ज डिपोको तथ्याङ्कले देखाएको छ ।
निगमको नेपालगन्जस्थित डिपोले आव २०७३/०७४ मा ३० हजार पाँच सय १२ केएल पेट्रोल आयात गरेको थियो । गत आर्थिक वर्ष २०७५/०७६ मा माग बढेपछि डिपोले ३८ हजार चार सय ९२ केएल पेट्रोल आयात गरेको डिपोका प्रमुख पोखरेलले जानकारी दिएका छन् । आव २०७४/०७५ मा डिपोले ३१ हजार आठ सय ६४ केएल पेट्रोल आयात गरेको थियो । त्यस्तै पश्चिम क्षेत्रमा डिजेलको आयातमा पनि वृद्धि भएको देखिएको छ । डिपोले आव २०७३/०७४ मा एक लाख ४१ हजार पाँच सय केएल डिजल आयात गरेको थियो । त्यसपछिका वर्षमा आयात बढेर आव २०७४/०७५ मा एक लाख ६३ हजार छ सय ३६, आव २०७५/२०७६ मा एक लाख ६५ हजार नौ सय ४७ पुगेको छ ।
‘अन्य इन्धनको तुलनामा पेट्रोल र ग्यासको माग उच्च छ’, नेपालगन्ज डिपो प्रमुख पोखरेलले भने । उनले खाना पकाउन मट्टीतेलको सट्टा ग्यासको प्रयोग बढेकाले ग्यासको माग बढेको बताएका छन् । उनले पेट्रोलबाट चल्ने सवारी साधन तथा सडक सञ्जालको वृद्धिका कारण पेट्रोलको माग पनि उच्च हुँदै गएको बताए । डिपोले आव २०७३/०७४ मा एक हजार छ सय ८० केएल मट्टीतेल आयात गरेको छ । जुन आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ८ सय ८० र आव २०७५/२०७६ मा १ हजार ९ सय ३७ रहेको छ । डिपोबाट हवाई इन्धन एटीएफको बिक्री पनि तीन वर्षको तथ्याङ्कले ह्वात्तै बढेको देखाएको छ । आव २०७३/०७४ मा एटीएफ छ हजार एक सय, आव २०७४/०७५ मा आठ हजार चार सय तथा आव २०७५/०७६ मा सात हजार सात सय ९२ केएल एटीएफ डिपोले आयात गरेको तथ्याङ्क रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया