सेलपेको ‘नयाँ वर्ष २०७८ पाइन्छ उपहार हप्तैभर’ योजना
काठमाडौं ।
सेलकम प्रालिको सेलपे सेवाले नयाँ वर्ष २०७८ अवसरमा ‘नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर’ योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न सात सेवाहरु उपयोग गर्दा उक्त सातवटै सेवाहरुमा हरेक दिन लक्की ड्रमार्फत सात जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुनेछ ।
यस योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन एक जनाले २० दशमलव ७८ प्रतिशतसम्म क्यासब्याक, रकम स्थानान्तरण गर्दा हरेक दिन एक जनाले एक्स–एजको एअरवड, एयरलाइन्स टिकटखरिद गर्दा हरेक दिन एक जनाले ५० प्रतिशतसम्म क्यासब्याक, इन्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन एक जनाले एक थप महिनाको सेवा निःशुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन एक जनाले एक थप महिनाको सेवा निःशुल्क साथै मोबाइल टप–अप/रिचार्ज गर्दा हरेक दिन एक जनाले छ जीबी डेटा प्याक जित्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरुको लागि लागू हुनेछ जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरेपश्चात् कारोबार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया