राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड
काठमाडौं ।
राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँड गरेको छ ।
बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सहकारी बैंकमा नियमित कारोबार गर्ने संघसंस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ । सदस्य संघसंस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।
बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ संघसंस्थाहरू आव २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकमफिर्ता पाउने सदस्यले बचततर्फ ४३ लाख चार हजार रूपैयाँ सम्म र कर्जातर्फ १२ लाख १८ हजार रूपैयाँसम्म प्राप्त गर्न सफल भएका छन् । ५० हजार रूपैयाँभन्दा बढी संरक्षित पुँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघसंस्थाहरू पाँच सय ४९ रहेका छन् ।
यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई आव २०७६/०७७ को लागि बैंकको १७औं साधारणसभाबाट पारित गरी १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभलिन अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया