चीनले बनायो विश्वकै ठूलो फाइभजी मोबाइल नेटवर्क
बेइजिङ ।
चीनले विश्वकै ठूलो फाइभजी मोबाइल नेटवर्क निर्माणमा प्रारम्भिक सफलता पाएको त्यहाँको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जनाएको छ ।
चालू वर्षको फेब्रुअरीसम्म चीनले कुल सात लाख ९२ हजार फाइभजी बेस स्टेसन निर्माण गरेको हो । योसँगै नेटवर्कमा पहुँच पुग्ने मोबाइल टर्मिनलको संख्या २६ करोड पुगेको उद्योग उपमन्त्री लिउ लिउहोंगले पत्रकार सम्मेलनमा जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।
यो वर्षको दोस्रो छ महिनामा चीनमा फाइभजी मोबाइल फोन शिपमेन्ट कुल शिपमेन्टको ८० प्रतिशत हुने अनुमान पनि गरेको छ । सन् २०२१ मा चीनले छ लाखभन्दा धेरै फाइभजी बेस स्टेसन निर्माण गर्ने लक्ष्य राखेको छ ।
मन्त्रालयले फाइभजी नेटवर्कको एप्लिकेसन र संरचनालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएको छ । मुख्य सहरमा फाइभजी कभरेजलाई बढावा दिन सरकारले सहयोगको प्रतिबद्धता जनाएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया