उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आयोगको आग्रह
काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा भाग लिने नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई स्थानीय तहसम्म उच्च सतर्कता अपनाई महामारी नियन्त्रण गर्ने कार्यमा सहयोग पु-याउन अनुरोधपत्र पठाइएको आयोगले जनाएको छ ।
नेपालभर कोभिड –१९ को संक्रमणको उच्च जोखिम रहेको र काठमाडौंँ उपत्यकालगायत अधिकांश सहरमा निषेधाज्ञासमेत लागू भइसकेका अवस्थामा वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि, सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचारप्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलनलगायत कार्यक्रम सञ्चालनमा मानवीय स्वास्थ्यमा पर्नसक्ने असरप्रति विशेष ध्यान दिन पनि आयोगले राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया