मौज्दात अक्सिजन सिलिण्डरहरू नजिकका अस्पताललाई उपलब्ध गराउन अपिल
काठमाडौ ।
नेपाल निर्माण व्यवसायी महासंघले अक्सिजन अभावका कारण कोभिड संक्रमित बिरामीको ज्यान गइरहेकोले मौज्दात अक्सिजन सिलिण्डरहरू तत्काल नजिकका अस्पतालहरूलाई उपलब्ध गराउन निर्माण व्यवसायीहरुसँग अपिल गरेको छ ।
कोरोना भाइरसको दोस्रोे लहरबाट देशभर संक्रमित भएका बिरामीहरूको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान गइरहेको छ । अक्सिजनको चरम अभाव भइरहेको स्थितिमा पुल, हाइड्रो, ट्रष्ट, स्टिललगायतका निर्माण कार्य गर्दा वाल्डिङका लागि प्रयोग हुने आफूसँग मौज्दात अक्सिजन सिलिण्डरहरू संक्रमितको उपचारका लागि उपलब्ध गराउन महासंघले आग्रह गरेको छ ।
महासंघका महासचिव रोशन दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता सिलिण्डरहरूको लगत राखी सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत नजिकका अस्पतालहरूलाई तत्काल उपलब्ध गराई सहयोग गर्न आग्रह गरेका छन् ।
महासंघले आफूमातहतका सम्पूर्ण सदस्यहरू, प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरुलाई अपिल गरेको हो । देशभर हाल सञ्चालित साढे छ हजार परियोजनाहरूमध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरहरूको प्रयोग भइरहेको अवस्थामा ती सिलिण्डरहरू कोभिड संक्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासंघले संघीय सरकार तथा प्रदेश सरकारहरूलाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै विगतमा महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी महासंघले पीडितहरूको घाऊमा मलहम लगाउन कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया