नाडाद्वारा एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमण रोकथामका लागि एपीएफ अस्पताललाई सहयोग हस्तान्तरण गरेको हो ।
नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क पाँच हजारवटा गरी कुल पाँच थरिका मेडिकेटेड सामानहरु उपलब्ध गराएको हो ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले उक्त सामग्री एपीएफ अस्पतालअन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पतालकी प्रा.स प्र उपनिरीक्षक डा. मिना कुँवरलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोग समेत गरिँदै जाने बताए । त्यस्तै डा. कुँवरले बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु-याइदिएकोमा नाडालाई धन्यवाद दिँदै सहयोगस्वरुप प्राप्त मेडिकेटेड सामानहरु अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने बताइन् ।
हस्तान्तरण कार्यक्रममा अस्पतालका तर्फबाट प्रा.स.प्र उपरीक्षक तथा प्रवक्ता डा. प्रविन नेपाल, नर्सिङ्ग मेट्रोन प्रा.स.प्र नायब उपरीक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका तर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया