चीनल श्रीलंकालाई दोस्रो चरणको खोप दियो
कोलम्बो ।
शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलंकालाई कोरोनाभाइरसविरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ । चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलंकाका अधिकारीले जानकारी दिएका छन् । कोरोनाभाइरसविरुद्ध प्रयोग हुँदै आएको सिनोफार्म खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलंकालाई उपलब्ध गराएको हो ।
कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलंकामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् । ‘चीनले दोस्रो पटक उपलब्ध गराएको पाँच लाख खोप बुधबार विहानै हामीले प्राप्त गरेका छौँ’, श्रीलंकाली एक अधिकारीले भने ।
चीनले यसअघि पहिलो चरणअन्तर्गत श्रीलंकालाई गत मार्चमा छ लाख मात्रा खोप उपलब्ध गराएको थियो । भारतमा कोरोनाभाइरसको महामारी फैलिएको र भारतले अन्य देशलाई खोप उपलब्ध गराउन नसकेकाले श्रीलंकालगायतका धेरै देश मर्कामा परेका छन् ।
खोपका लागि श्रीलंकाले अहिले पश्चिमी प्रान्तलाई प्राथमिकतामा राखेको पाइएको छ । राजधानी कोलम्बोसहित क्षेत्र प्राथमिकताको सूचीमा परेका हुन् । यी क्षेत्रमा मात्रै कोरोनाभाइरसबाट संक्रमितको संख्या अत्यधिक धेरै भएकाले खोप लगाउन पनि तीनै क्षेत्रलाई प्राथमिकतामा पारिएको अधिकारीले जनाएका छन् । श्रीलंकामा अहिलेसम्म कोरोनाभाइरसबाट एक लाख ६७ हजार एक सय ७२ जना संक्रमित भएको तथ्यांक रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया