पाकिस्तानमा युरिया मलको बिक्री ३५ प्रतिशतले बढ्यो
इस्लामवाद । पाकिस्तानको युरिया मल बिक्री ३५ प्रतिशतले बढेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा मल बिक्री सन् २०२१ को पहिलो चार महिनामा उक्त दरले बढेर १७ लाख टन पुगेको हो । पछिल्लो वर्ष १२ लाख ६६ हजार टन मल बिक्री भएको थियो । डीएपी मल भने उक्त अवधिमा तीन लाख६६ हजार टन मात्रै बिक्री भएको छ ।
नेशनल फर्टिलाइजर डेभलपमेन्ट कम्पनी (एनएफडीसी) का अनुसार अप्रिल महिनामा मात्रै युरिया मल बिक्री २८ प्रतिशतले बढेर तीन लाख नौ हजार टन पुगेको थियो । सोही अवधिमा सन् २०२० मा दुई लाख ४२ हजार टन बिक्री भएको थियो । यो तथ्यांकले पाकिस्तानमा फार्म अर्थतन्त्रमा सुधार भएको देखिएको छ । सन् २०२० को अप्रिलमा किसान र डिलरहरुले युरिया मल किन्न चासो दिएका थिएनन् ।
त्यस्तै अप्रिल महिनामा डीएपी मल बिक्रीमा भने झण्डै ७० प्रतिशत कमी आएको छ । सन् २०२० को सोही महिनामा एक लाख ५१ हजार टन डीएपी बिक्री भएको थियो । स्थानीय बजारमा मूल्य बढ्नु र आगामी बजेटले सहुलियत दिने आशामा डीएपीको बिक्रीमा ह्रास आएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया