फ्रान्समा गुगललाई २२ करोड युरो जरिवाना
पेरिस ।
प्रविधि कम्पनी गुगललाई फ्रान्समा ठूलो परिमाणको रकम जरिवाना गरिएको छ । बीबीसीका अनुसार फ्रान्सका सरकारी अधिकारीहरुले गुगललाई विज्ञापन शक्तिको दुरुपयोग गरेको भन्दै २२ करोड युरो जरिवाना तिराएको हो । फ्रान्सको बजार प्रतिस्पर्धासम्बन्धी नियामकीय समूहले गुगलले प्रतिस्पर्धी कम्पनीलाई हानि पु¥याएर आफ्नो अनलाइन विज्ञापनको प्रवर्द्धन गरेको बताएका छन् । गुगलले आफ्नो अनलाइन एड मार्केटप्लेस गुगल एडीएक्सलाई बढी केन्द्रित गरेको आरोप लगाइएको छ ।
यता गुगलले विज्ञापन व्यवसायमा परिवर्तन गर्ने बताएको छ । अमेरिकी कम्पनीले प्रकाशकहरुलाई आफ्नो डेटा र टुल्स प्रयोग गर्न सहजीकरण गर्ने बताएको छ । कम्पनीले तत्कालै यी परिवर्तन गर्ने र सबैतिर लागू गर्ने प्रतिक्रिया दिएको छ । अल्फाबेटको स्वामित्व रहेको कम्पनीले यसअघि पनि युरोपमा ठूला ठूला जरिवाना तिर्दै आएको छ ।
सन् २०१९ मा गुगललाई झण्डै डेढ अर्ब युरो जरिवाना तिराइएको थियो । त्यस्तै फ्रान्सकै डेटा नियामक सीएनआईएलले सोही वर्ष पाँच करोड युरो तिराएको थियो । त्यसअघि पनि सन् २०१८ मा युरोपमै गुगललाई चार अर्ब ३४ करोड युरोको कीर्तिमानी जरिवाना तिराइएको थियो । सन् २०१७ मा युरोपमै २ अर्ब ४२ करोड युरो जरिवाना तिराइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया