काठमाडौं ।
अत्यन्त गरिब, विपन्न असहाय परिवारहरुलाई खाद्यान्न सामान वितरण गरिएको छ । हजुरलाई नमस्ते परोपकारी अभियानले शनिबार राजधानीमा कोरोना पीडित उनीहरुलाई सामान वितरण गरेको हो । अभियानका संयोजन समाजसेवी ताराबहादुर कुँवरले भरिया, रिक्सा चालक, एकल महिला, किड्नी फेल भएका अतिविपन्न परिवारलाई अति आवश्यक दाल, चामल, तेल, साबुनलगायतका खाद्यान्न वितरण गरिएको हो ।
हजुरलाई नमस्ते परोपकारी अभियान एउटा समाजसेवी अभियान हो । यसले कोरोनापीडित मात्रै नभई अतिविपन्न परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको छ । अभियानअन्तर्गत हाललाई प्रत्येक हप्ता एक/एक जना सदस्यको आर्थिक सहयोगबाट कोरोना पीडित अतिविपन्न परिवारलाई सहायता वितरण गर्ने योजना राखिएको छ । कुँवरले आफैँले पनि नियमित रुपमा कोरोना पीडितलाई सहयोग गर्दै आएका छन् ।
दोस्रो लकडाउनपछि मात्रै उनले आठौँ पटक सहायता वितरण गरिसकेका छन् । यसअघि पनि उनले पहिलो लकडाउनका बेला २७औँ हप्तामा सहायता खाद्यान्न सामग्री वितरण गरिसकेका छन् । साथै अतिविपन्न परिवारलाई उनले आवश्यकताअनुसार हरेक दिन सहायता खाद्यान्न सामग्री वितरण गर्दै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया