पश्चिम खण्डमा मध्यपहाडी राजमार्ग कालोपत्र
दैलेख ।
मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम सुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ ।
सदरमुकामको पश्चिम रावतकोटबाट पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा काम यो वर्षबाट सुरु गरिएको छ । निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात् जेठ २५ देखि करिब १६ किलोमिटर सडकखण्ड कालोपत्रको काम सुरु गरिएको छ ।
गत वर्ष चैतदेखि कोरोना संक्रमण बढेपछि काम रोकिएको र यस वर्षको असारसम्म १० किलोमिटर कालोपत्र सक्ने कम्पनीका हरिकृष्ण ढुङ्गानाले जानकारी दिए । कम्पनीको म्याद थपसमेत हुनसकेको छैन । करिब ३१ किलोमिटर सडकमध्ये मनसुनअघि नै करिब १० किलोमिटर सडक कालोपत्र गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख अर्जुन बमले बताए । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तर, आएका समस्या समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ ।
सदरमुकामको पूर्वी क्षेत्र लोहोरेबाठ सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । देशकै गौरवको आयोजना भएकाले सडकखण्डमा देखिएका समस्याको स्थलगतरूपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । आफू जिल्लामा आएलगत्तै गौरवका आयोजना र अन्य सबै योजनाको प्रभावकारिताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ ।
कामको गुणस्तर र सडक क्षेत्रमा बायोइन्जिनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरूपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए । दैलेखको पूर्वदेखि पश्चिम खण्डका अधिकांश भूभाग मध्यपहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली कांग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले जानकारी दिए । जिल्लाभर एक सय २५ किलोमिटर सडक एक वर्षभित्र सबै स्थानमा कालोपत्र सक्ने तयारी गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया