मागमा सुधार र कसिलो आपूर्तिले कच्चा तेलको मूल्य बढ्यो
लन्डन ।
पछिल्लो समय मागमा भएको सुधार र कसिलो आपूर्ति प्रणालीले कच्चा तेलको मूल्य बढेको छ । कच्चा तेल सोमबार दुई वर्षयताकै उच्च मूल्यमा पुगेको रोयटर्सले जनाएको छ । विकसित देशमा कोरोना महामारीविरुद्धको खोप कार्यक्रम बढ्दै गएको र अर्थतन्त्रमा भएको पुनरुत्थानले इन्धनको मूल्यमा योगदान पुगेको हाशे । सन् २०१९ अप्रिलयताकै उच्च हुने क्रममा कच्चा तेल ब्रेन्ट ८५ सेन्ट अर्थात् १.२ प्रतिशतले बढेर ७३.५४ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो ।
त्यस्तै अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट पनि ७२ सेन्ट अर्थात् एक प्रतिशतले बढेर ७१.६३ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो । यो पनि सन् २०१८ अक्टोबरयताकै उच्च मूल्य हो । यी दुवै तेलको मूल्य दुई वर्षयताकै उच्च भएको रोयटर्सले जनाएको छ । आयल ब्रोकर पीभीएमका स्टेफन ब्रेनकका अनुसार कच्चा तेल उत्पादक राष्ट्र र रुससहितका देशले आपूर्ति कटौती गरेकाले माग बढ्ने बताए ।
कोरोना संक्रमण रोक्न गरिएका लकडाउन र यात्रा प्रतिबन्धजस्ता कडाइ हटाइनथालेसँगै उत्तर अमेरिका र युरोपका धेरैजसो सहरका सडकमा सवारीसाधनको अवस्था महामारीअघिकै जस्तो देखिनथालेका छन् । त्यस्तै हवाइ कम्पनीहरुले पनि सेवा बढाएका छन् । त्यस्तै भर्खरै सम्पन्न जी–७ राष्ट्रको सम्मेलनले मुख्य मुद्दाहरु कोरोनाबाट सामान्यीकरण गर्ने र गरिब राष्ट्रलाई एक अर्ब डोज खोप प्रदान गर्नेलगायतका निर्णयले पनि तेलको मूल्यमा प्रभाव पारेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)ले गत शुक्रबार सन् २०२२ को अन्त्यतिरमात्रै इन्धनको माग विश्वव्यापी रुपमा महामारीअघिको अवस्थामा फर्किने बताएको थियो । संस्थाले ओपेक र यसका सहयोगी राष्ट्रहरुको समूह ओपेक प्लसलाई बढ्दो इन्धन माग भेट्ने गरी तेल उत्पादन गर्न आग्रह गरेको छ । तर ओपेक प्लसले भने उत्पादनमा कडाइ गरेर मूल्यमा सहयोग गर्न खोजिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया