अध्यक्ष न्यौपानेको अग्रसरतामा पत्रकारलाई खोप
कुपण्डोल, ललितपुर ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समन्वय गरी पत्रकारलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएको छ । शाखाले जिल्ला स्वास्थ्य कार्यालय ललितपुरसँगको समन्वयमा आफ्ना सदस्यलाई आइतबार कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको महासंघका जिल्ला अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
महामारीको समयमा पनि अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित बनाउन हरसमय खटिने पत्रकारहरुलाई खोप लगाइएको उनको भनाइ छ । जिल्लामा खटिने दुई सय २६ जना पत्रकारले खोप लगाएको उनले बताए । आइतबार एक सय ८३ पुरुष र ४३ महिला गरी कुल दुई सय २६ पत्रकारले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका हुन् ।
अध्यक्ष न्यौपानेले यसका लागि सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालय ललितपुरलाई धन्यवाद दिएका छन् । खोपको दोस्रो डोज समयमै उपलब्धताका लागि पहल गर्ने उनले बताए । ललितपुर महासंघ सबै सदस्य पत्रकारलाई खोप लगाउने पहिलो समेत बनेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया