महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस कल’ सेवा
काठमाडौँ ।
महालक्ष्मी विकास बैंकले मिस कल सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरूलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले मिस कल सेवा सञ्चालनमा ल्याइएको हो ।
बैैंकले सञ्चालनमा ल्याएको यो सेवामा ग्राहकहरूले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरूको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोबाइल नम्बर ९८४७३८७५२४ मा मिस कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउनेछन् ।
यो सेवामा ग्राहकहरूलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगिताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।
बैंकले यो विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बँच्न र अरुलाई पनि बचाउन आग्रह समेत गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया