टेस्लाले चीनमा तीन लाख कार फिर्ता गर्ने
बेइजिङ ।
चिनियाँ नियामक अधिकारीहरुले टेस्लाले चीनमा तीन लाख हाराहारीमा कारहरु फिर्ता गर्ने जानकारी गराएका छन् । टेस्लाले चीनमा बनेका र आयात गरिएका मोडल ३ र मोडल वाई कारहरु एउटा अनलाइन सफ्टवेयर अपडेटका लागि फिर्ता गर्नलागेको हो ।
यद्यपि कार मालिकले फिर्ता गर्न बाध्य भने नहुने बताइएको छ । द स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार ड्राइभरहरुले झुक्किएर असिस्टेट ड्राइभिङ फंक्सन एक्टिभेट गराउनसक्ने र त्यसले सडक दुर्घटना हुनसक्ने जनाएको छ ।
चीनमा बनेका टेस्ला कारका लागि पहिलो रिमोट अनलाइन सफ्टवेयर २ लाख ४९ हजार ८ सय ५५ चीनमा बनेका मोडल ३ र मोडल वाई कार तथा ३५ हजार ६ सय ६५ आयातित मोडल ३ सेडानमा रहेको छ ।
टेस्लाले चीनमा मे महिनामा चीनमै बनेका ३३ हजार चार सय ६३ कारहरु बिक्री गरेको थियो । अहिले उसले चीनमै मोडल ३ सेडान र मोडल वाई एसयूभी शांघाईस्थित कारखानामा उत्पादन गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया