माइक्रोसफ्ट पनि बंगलादेशमा भ्याटमा दर्ता
ढाका ।
संसारमा धेरै प्रयोग गरिएको अपरेटिङ प्रणाली विन्डोज ल्याउने कम्पनी माइक्रोसफ्ट पनि बंगलादेशको मूल्यअभिवृद्धि करमा दर्ता भएको छ । कम्पनीले बंगलादेशकोा राष्ट्रिय राजस्व बोर्डबाट भ्याटमा दर्ता पाएको हो ।
योसँगै माइक्रोसफ्ट पनि अब बोर्डको अनुगमनभित्र अटाएको छ । यसरी भ्याटमा दर्ता हुने बहुराष्ट्रिय कम्पनीमा माइक्रोसफ्ट चौथो हो । यसअघि नै गुगल, फेसबुक र अमेजन भ्याटमा दर्ता भइसकेका छन् । त्यहाँ माइक्रोसफ्ट रेजिनल सेल्स प्रालिका नाममा कम्पनी दर्ता भएको छ । अब बोर्डले यी कम्पनीको अडिटिङलगायतका काम गर्नेछ भने कर रकम पनि पाउनेछ । यसअघि पनि यी कम्पनीलाई ग्राहकले भुक्तानी गर्ने पैसाको कर रकम बैंकिङ माध्यमबाट काटिने गरेको थियो ।
बहुराष्ट्रिय कम्पनी भ्याटमा दर्ता भएसँगै बंगलादेशबाट यी कम्पनीले गर्ने आम्दानीको आकार खुल्नेछ भने त्यसबापतको राजस्व पनि संकलन हुनेछ । बंगलादेशमा पोडर एन्ड एसोसिएटले भ्याट एजेन्टको रुपमा काम गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया