ट्विटर, गुगल र फेसबुकविरुद्ध डोनाल्ड ट्रम्पले मुद्दा दर्ता गरे
अमेरिका ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वचर्चित तीन कम्पनीविरुद्ध ‘सेन्सरसिप’को मुद्दा दर्ता गरेका छन् । ट्रम्पले तीन कम्पनीले आफूमाथि अनावश्यक नियन्त्रण गरेर अनिश्चित कालसम्म एकाउन्ट निलम्बन गरेको भन्दै मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।
ट्रम्पले कम्पनीसँगै तिनका मालिकहरुविरुद्ध पनि मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ । गत जनवरीमा अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकले हुलदंगा गरेका थिए । त्यसपछि उनको सामाजिक सञ्जाल एकाउन्ट धमाधम रद्द गरिएको थियो । ट्रम्पले गर्दा अरु मानिसको जीवनमा असुरक्षा हुने तर्क अघि सार्दै फेसबुक, ट्विटर र गुगलले एकाउन्ट नै निलम्बन गरिदिएका थिए ।
त्यसयता चुपचाप बसेका ट्रम्पले स्वतन्त्र अभिव्यक्तिविरुद्ध बन्देज लगाउनखोजेको भन्दै मुद्दा दर्ता गर्नुपरेको बुधबार बताए । न्युजर्सीस्थित बेडमिनिस्टरमा रहेको आफ्नो रिसोर्टमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले सामाजिक सञ्जाल र तत्कालीन विपक्षी दल (हाल सत्तारुढ) डेमोक्रेटिक पार्टीका नेताहरुविरुद्ध आक्रोश पोखेका थिए । मुद्दामा आफूविरुद्ध गरिएका कारबाही अन्त्य गर्न माग गरिएको छ । उक्त मुद्दा फ्लोरिडा राज्यको संघीय अदालतमा दर्ता भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया