चिनियाँ कम्पनीले बंगलादेशमा चार करोड डलर लगानी गर्ने
ढाका । चिनियाँ कम्पनी भानिसा इन्टरप्राइजेज लिमिटेडले बंगलादेशमा चार करोड १७ लाख ७० हजार अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनी र बंगलादेश एक्सपोर्ट प्रोसेसिङ जोन्स अथोरिटी (बेप्जा)बीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको डेलिस्टार अनलाइनले जनाएको छ ।
योसँगै कमपनीले पाब्नास्थित ईश्वरदी ईपीजेटमा महिलाको भित्री वस्त्रलगायतका कपडा उत्पादन गर्नेछ । सम्झौताअनुसार यसले २९ करोड ९५ हजार वटा ब्राकप र पोलियुरेथन फोम वार्षिक रुपमा उत्पादन गर्नेछ । उक्त कारखानामा चार हजार २८ बंगलादेशीले रोजगारी समेत पाउने बताइएको छ । बेप्जाको तर्फबाट नाफिसा बानु र भानिसाको तर्फबाट प्रबन्धनिर्देशक चोई कुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया