अर्थतन्त्रको उद्धारसँगै नीतिगत सुधार ल्याउन देशहरुलाई आईएमएफको आग्रह
वासिड.टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले देशहरुलाई अर्थतन्त्रलाई डुब्न नदिन उद्धारसँगै नीतिगत सुधार गर्न आग्रह गरेको छ । कोषका दोस्रो नम्बरका अधिकारीले अर्थतन्त्र पुनरुत्थानलाई दिगो बनाउन यस्तो आग्रह गरेको रोयटर्सले जनाएको छ ।
आईएमएफको फस्र्ट डेपुटी मेनेजिङ डाइरेक्टर जियोफ्रे ओकामोटोले एउटा ब्लगपोस्टमा केही वृद्धिगामी नीतिहरु उल्ट्याएको र ढिला भएकोले नीतिगत सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने बताएका छन् । लाभ नदिने व्यवसाय र श्रम नीतिको समाधान र पुनर्संरचनाका लागि नीतिगत सुधारमा आईएमएफले जोड दिएको हो ।
यसले रोजगारी सिर्जना र श्रमिकलाई काम परिवर्तन गर्न सहयोग पुग्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउने कोषको भनाइ छ । त्यस्तै प्रतिस्पर्धा नीतिमा सुधारको कुरालाई लिएर युरोप र अमेरिकामा अहिले भइरहेको बहसले बजार एकाधिकारको समस्या समाधान हुने उसको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया