एमालेका चार सांसद पदमुक्त,माओवादी सांसदको पद गुम्ने संकेत
काठमाडौं । नेकपा एमालेले निकालेका चार जना प्रदेश सांसदको पद गुमेको छ । नेकपा माओवादी केन्द्रले हटाएका संघीय संसद्का चार जना सांसदले मागेको अन्तरिम आदेश पनि सर्वोच्च अदालतले नदिएपछि ती सांसदको पद गुम्ने देखिएको छ । यद्यपि उनीहरुको रिटमा माओवादीसँग कारण देखाउ आदेश जारी भएको छ । त्यसरी रिट निवेदन दिनेहरुमा माओवादीका लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत चार जना छन् ।
फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि उनीहरुको सांसद पद गुमेको हो । अब उनीहरु सांसद बन्न पुनः निर्वाचित हुनुपर्नेछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुङ्गानाको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो । अन्तरिम आदेशविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँ भ्याकेट निवेदनसहित सर्वोच्च अदालत गएका थिए । संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यताअनुकूल नभएको सर्वोच्चको ठहर छ ।
यसअघि प्रदेशसभाका चारै सदस्यलाई एमालेले ह्विप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । एमालेले गरेको उक्त कारबाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष ओलीले गत असार ७ गते सर्वोच्चमा भ्याकेट निवेदन दिएका थिए । प्रधानन्यायाधीश जबरा र न्यायाधीश ढुङ्गानाले भ्याकेट निवेदनउपर सुनुवाइ गर्दै ‘मागबमोजिम हुने’ आदेश दिएका थिए ।
एमाले केन्द्रीय कमिटीले निर्णय गरेर दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको हुनाले कारबाहीलाई मान्यता दिन अध्यक्ष ओलीले भ्याकेट हालेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया