लिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पती
काठमाडौं । लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्ना उत्पादनहरुको प्रवद्र्धन एवं विस्तार गर्नको लागि महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुनेछ । लुम्बिनी विद्युत उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मोनियम कन्डक्टर स्टिल रेन्फरसेन्सज कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।
चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रोहित गुप्ताले कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटीमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको बताए ।
‘ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल ग-यौँ । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत् केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौँ’, राजेश हमालले भने । अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर एसीएसआर/एबीसी केबल/एक्सएलपीई कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल//मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्गलगायतको कम्पनीले उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत् बिललाई समेत घटाउने दाबी कम्पनीले लिँदै आएको छ । लुम्बिनी विद्युत् उद्योग नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया