आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्योज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स इग्जामिनेसन ग्लोभ्स विभिन्न साइजमा एक सय प्रतिग्लोभ्स भएको प्रतिबाकस तीन सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूना समेत देखाई विश्वास दिलाएपश्चात् कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार बैंक अफ इन्डिया मालीगुडीको खातामा दुई जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।
उक्त नगद पाएपछि उनीहरुले प्रतिबाकस ५० पिस राखी साइज, परिमाण र लेवल नभएको गुणस्तरहीन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्कविहीन भई झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया