अलिबाबा टुक्र्याउन सक्ने भयले सेयर मूल्य घट्यो
चीन । चिनियाँ प्रविधि कम्पनी अलिबाबाको सेयर ह्वात्तै घटेको छ । एन्ट ग्रुपमाथि चिनियाँ नियामक निकायले पुनः अनुसन्धान थालेको खबरसँगै अलिबाबाको सेयर घटेको बीबीसीले जनाएको छ । नियामक निकायले अलिबाबाको भुक्तानी सेवा प्रदायक एप अलिपे टुक्र्याउने चाहेको फाइनान्सियल टाइम्सले जनाएकोा छ ।
नियामकीय योजनाअनुसार उक्त एपको नाफा व्यवसायका लागि छुट्टै कम्पनी खडा गरिनेछ । ठूला व्यवसायमाथि कडाइ गर्दै आएको बेइजिङको पछिल्लो कदम हो यो । त्यस्तै बेइजिङले कम्पनीलाई डेटा हस्तारणका लागि पनि बाध्य पार्नसक्ने देखिएको छ । अलिबाबाको सेयर सोमबार हङकङमा ४.२ प्रतिशतले घटेको छ । एन्ट ग्रुपले यसबारे केही बताएको छैन । एन्ट ग्रुप चिनियाँ सरकारी नियामकको तारो बनेको यो पहिलोपटक होइन ।
पछिल्लो समय चर्चित व्यवसायी ज्याक माको व्यवसायमा चीनले लगातार निशाना बनाइरहेको छ । गत वर्ष अक्टोबरदेखि चिनियाँ अधिकारीले एन्ट ग्रुपलाई नजिकबाट हेरिरहेका थिए । त्यही बेला माले चिनियाँ अधिकारीको आलोचना गरेका थिए । त्यसपछिका महिनामा मा निगरानीमा पर्दै आएकामा एन्ट ग्रुपको ३७ अर्ब डलरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) नै रद्द गरिएको थियो । अप्रिलमा अलिबाबामाथि दुई अर्ब ८० करोड डलरको जरिवाना गराइएको थियो भने एन्ट ग्रुपलाई व्यवसाय पुनर्संरचना गर्न भनिएको थियो । अलिबाबामात्र होइन अरु ठूला कम्पनीमाथि पनि चीनले कडाइ गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया