अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोग आवश्यक
काबुल । अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ । उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्रीहरू तत्काल उपलब्ध गराउनु पर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती बालबालिकाहरूलाई विषेश गरेर खाद्यपदार्थ, पिउने पानी र औषधि लगायतको आवश्यकता देखिएको हो ।
समयमै बालबालिकाहरूलाई अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराउन नसकेमा मानवीय क्षति समेत हुनसक्ने युनिसेफका अधिकारीहरूले जनाएका छन् । उनीहरूले बालबालिकाहरुमा कुपोषण लगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणहरू समेत देखिएको जानकारी दिएका छन् । बालबालिकालाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायताको समेत खाँचो परेको युनिसेफले जनाएको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्रसंघले अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन नभएपछि राष्ट्रसंघले फेरि आग्रह गरेको हो । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय संकट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्रसंघले जनाएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका हुन् । उनले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलाहरूलाई समेत खाद्य पदार्थ, स्वास्थ्य सामग्रीहरूको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराएका छन् ।
गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप संकट उत्पन्न भएको छ । तालिबानले चलाउने सरकार कट्टरपन्थी हुने भएकाले उनीहरू उदार नहुँदासम्म सहयोग गर्न नसकिने विभिन्न देशहरूको अडान छ । विभिन्न देशहरूले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसंघले सहयोग जुटाउनका लागि पहल गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया