कम्बोडियालाई चीनको १५ करोड डलरको रंगशाला उपहार
कम्बोडिया । चीनले कम्बोडियामा १५ करोड डलर लागतमा नयाँ रंगशाला निर्माण गरी हस्तान्तरण गरेको छ । कम्बोडियालाई नयाँ रंगशाला बनाइदिने चीन पछिल्लो देश हो । चिनियाँ विदेशमन्त्री वांग यीले केही दिनअघि मात्र औपचारिक रुपमै ‘मोरोदोक टेक्नो नेशनल स्टेडियम’ प्रधानमन्त्री मन सेनलाई हस्तान्तरण गरेका हुन् । सन् २०१३ देखि स्टेडियम निर्माण सुरु भएको थियो। हस्तान्तरण गर्दै वांगले मित्रराष्ट्रको नाताले उक्त परियोजना पूरा गरी हस्तान्तरण गरेको बताएका थिए ।
उक्त रंगशाला राजधानी नोम पेन्हमा छ भने कम्बोडियाले सन् २०२३ मा ३२औँ दक्षिणपूर्वी एसियन गेम्स आयोजना गर्दै छ । यसको डिजाइन डुंगाकारको छ । ३२४ फुट अग्लो पाँचतले यो स्टेडियमको डिजाइनले चीन–कम्बोडियाको सम्बन्ध झल्काउँछ । सयौँ वर्षअघि चिनियाँहरु जहाजबाटै कम्बोडिया पुगेको बताइन्छ । यो रंगशालामा ६० हजार मानिस बस्न सक्छन्। यसमा अन्तर्राष्ट्रिय स्तरको फुटबल पिच छ। त्यस्तै ओलम्पिक साइजको स्विमिङ पुल, रनिङ ट्राक पनि समावेश छ । यसबाहेक ट्रेनिङ हल, इन्डोर जिम, एक्वेटिक सेन्टरलगायतका पूर्वाधार छन् । ३ सय ४० चिनियाँ इन्जिनियर र २४० कम्बोडियाली कामदारले स्टेडियम बनाएका हुन् । चीनले पछिल्लो समय विकासोन्मुख देशहरुलाई पूर्वाधार परियोजना उपहार दिइरहेको छ । बिजनेस इन्साइडरका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनासँग साटफेर गरी प्रभाव जमाउन चीनले यसलाई जोड दिएको हो ।
चीनले विमानस्थल, सडक, शिपिङ लेन्सजस्ता पूर्वाधार चीनले बनाइदिने गरेको छ । पछिल्लो समय स्टेडियम चीनको मुख्य प्राथमिकतामा परेको छ । एसिया, ल्याटिन अमेरिका र अफ्रिकी देशमा चीनले सयभन्दा धेरै स्टेडियम बनाइसकेको छ । निर्माण, डिजाइन र लगानी सबै चीनकै रहेको सन् २०१९ को ह्याबिट्याट इन्टरनेशनल जर्नलको रिपोर्टले देखाएको छ । केही अनुसन्धाताले त चीनको यस्तो विकास सहयोगलाई ‘स्टेडियम डिप्लोमेसी’ अर्थात् रंगशाला कूटनीति पनि भन्ने गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया