अमेरिकी डलर अभावले श्रीलंकामा खाद्य आयात प्रभावित
कोलम्बो । श्रीलंकामा अमेरिकी डलरको अभावको प्रभाव देखिनथालेको छ । एजेन्सीहरुका अनुसार डलर अभावले खाद्य आयातमा समस्या भएको हो । आयातकर्ताहरुले आफ्नो आयात बिल भुक्तानीमा समस्या भोगिरहेका छन् भने सोही कारण आवश्यक खाद्य पदार्थको एक हजारभन्दा धेरै कन्टेनर कोलम्बो बन्दरगाहमै रोकिएका छन् ।
पछिल्ला हप्तामा श्रीलंकाको स्थानीय मुद्रामा पनि भारी गिरावट आएको छ भने कोभिड १९ महामारीको कारण विश्व बजारमा उच्च मूल्य हुँदा आवश्यक वस्तुको मूल्य आकाशिएको छ । सरकारले डलर संकट हुनुमा व्यापारीहरुलाई नै जिम्मेवार ठह¥याएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अगस्ट ३१ मा देशको मुद्राको मूल्यमा भारी गिरावट आएको कारण खाद्य वस्तुको मूल्यवृद्धिसँगै बढ्दो मुद्रास्फीति रोक्न आर्थिक संकटकाल घोषणा गरेका थिए ।
त्यस्तै खाद्य वस्तुका आयातकर्ताले पनि समाधानको खोजी गर्न यही हप्ता प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग वार्ता गरेका थिए । खाद्य आयातकर्ताले यही अवस्था रहे खाद्यपदार्थको अभाव हुने चेतावनी दिएका छन् । उनीहरुले स्थानीय बैंकमा अपर्याप्त अमेरिकी डलरको कारण कोलम्बो बन्दरगाहबाट आफ्नो वस्तु निकाल्नसमेत असमर्थता व्यक्त गरेका छन् । उपभोक्ता मामिलामन्त्री बन्डुला गुणवर्धनेले दूध, खाना, ग्यास, गहुँ र आँटा तथा सिमेन्टको खुद्रा मूल्यमा बढे्को मूल्यले जीवनयापनको लागत बढाएको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया