बेइजिङ । एक चिनियाँ ड्राइभरले टेस्ला इन्कविरुद्ध हालेको मुद्दामा सफलता पाएका छन् । सेकेन्ड ह्यान्ड मोडल एस कार किन्दा धोखा भएको भन्दै मुद्दा हालेका थिए । यसले महत्वपूर्ण विद्युतीय कार बजारमा अर्बपति एलन मस्कलाई गम्भीर धक्का लागेको बताइएको छ ।
बेइजिङको एउटा अदालतले टेस्लाले कारको कन्डिसनको गलत प्रस्तुति गरेको ठहर गरेको हो । उक्त कार हान चाओ नामका ग्राहकले टेस्लाकै प्रयोगग भइसकेका कार बिक्री हुने आधिकारिक ठाउँबाट ५८ हजार सात सय अमेरिकी डलरमा खरिद गरेका थिए । उक्त कार अघिल्लो दुर्घटनापछि धेरै पटक मर्मत गरिएको अदालतले गरेको फैसलामा उल्लेख रहेको बताइएको छ ।
फैसलामा टेस्लाको प्रतिरक्षालाई अदालतले अस्वीकार गरेको छ । कारधनीलाई किन्दाको पूरै रकम फिर्ता गर्न समेत अदालतले भनेको बताइएको छ । किनेको मूल्यको तीन गुणा बढी क्षतिपूर्ति समेत तिर्न भनिएको बताइएको छ । यो सबै गर्दा टेस्लाले ती व्यक्तिलाई १५ लाख चिनियाँ युआन बुझाउनुपर्ने भएको छ । टेस्लाले पाएको यो सजाय अहिलेसम्मकै ठूलो हो । योसँगै टेस्लाको सेयर मूल्यमा शून्य दशमलव छ प्रतिशत गिरावट आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया