श्रीलंकाली अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रयास
गभर्नरले सार्वजनिक गरे छ महिने रोडम्याप
कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) का नवनियुक्त गभर्नर अजिथ निवार्द काबरालले शुक्रबार अनलाइन प्रस्तुतिमा देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न छ महिने रोडम्याप सार्वजनिक गरेका छन् । सरकारले निर्यातकर्तालाई आफ्नो डलरको राजस्व अनिवार्य रुपमा रुपान्तरण गर्ने नियमलाई बलियो बनाउने काबरालले बताए । उनले आफ्नो नाफा फिर्ता नलिने र रूपान्तरण नगर्ने निर्यातकर्तामाथि दोहोरो कर लगाउन सरकारलाई अनुरोध गर्ने बताए ।
विदेशी मुद्रा लेनदेनको राम्रो अनुगमन गर्न सीबीएसएलले अन्तर्राष्ट्रिय लेनदेन रिपोर्टिङ सिस्टम (आईटीआरएस) स्थापना गर्ने पनि उनले बताए । क्याबरालले इलेक्ट्रोनिक्स र पोसाकजस्ता गैर–आवश्यक आयातमा लगाइएको शतप्रतिशत नगद सीमा कम गर्ने घोषणा पनि गरेका छन् । यसैबीच, श्रीलंकामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उनले भने, ‘कोभिड–१९ महामारीको दौडान गरिएको मौद्रिक उत्तेजना विस्तारै स्वाभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ सुधार गर्न प्रयास गर्नेछ ।’
उनले वित्तीय कम्पनीहरूलाई निरुत्साहित र तरल अवस्थामा सययोग जारी रहने बताए । सरकारले २०२२ मा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्डहरू (आईएसबी) फिर्ता लिने सोच रहेको पनि बताए । उनले आईएसबीको सट्टा सरकारी ऋण लिइने बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया