भारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बनायो कीर्तिमान
नयाँ दिल्ली । भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको बताइएको छ । आइतबार पेट्रोल २५ पैसा भारु र डिजेलमा ३० पैसा भारु वृद्धि भएको थियो । योसँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारु र मुम्बईमा १०८.४३ भारु पुगेको छ । यता डिजेल पनि आकाशिएको छ । यसअनुसार दिल्लीमा प्रतिलिटर ९०.७७ भारु र मुम्बईमा ९८.४८ भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतमा राज्यले लगाउने करलगायत कारण फरक फरक मूल्य पर्छ । भारतले क्रुड आयल खरिद गरी आफैँ प्रशोधित गरी इन्धन बिक्री गर्छ । अन्तर्राष्ट्रिय बजारको असर भारतमा देखिनथालेको भारतीय मिडियाले जनाएका छन् । खासगरी कच्चा तेल महंगिँदा घरेलु बजारमा मूल्यवृद्धि भएको हो । अहिले कच्चा तेल प्रतिब्यारेल ८० अमेरिकी डलर आसपास रहेको छ ।
भारतमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगातार चौथो दिन हो । यो भनेको पछिल्ला पाँच दिनयता प्रतिलिटर १.२० भारुको बढोत्तरी हो । गत मंगलबारदेखि भारतमा इन्धनको मूल्यवृद्धि सुरु भएको थियो । बुधबार मूल्य नबढे पनि त्यसयता बढिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया