पर्यटक आगमनले खुम्बुका पर्यटन व्यवसायी उत्साहित
सोलुखुम्बु । संसारकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यवसायी उत्साहित बनेका छन् । लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले आफूहरु उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।
गत वर्ष स्प्रिङ सिजनमा फाटफुट पर्यटक आए पनि कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको थियो । कोभिडका कारण दुई वर्षयता पर्यटक आवागमन ठप्पजस्तै बनेको खुम्बुमा यस वर्ष सुरुवातै चरणबाटै पर्यटक आउनथालेकाले व्यवसायीहरु खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाइ छ ।
उनका अनुसार सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यस वर्ष दोब्बर तेब्बरले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक १५ देखि ६० जनाको हाराहारीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया