काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ । हस्तकला वर्षको कार्यक्रम र उद्योग परिषद्अन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा आयोजना गर्ने भएको हो ।
शुक्रबार महासंघमा आयोजित मेला सहभागीहरुको अभिमुखीकरण कार्यक्रममा मेला संयोजक विक्रम सिंह महर्जनले उक्त जानकारी दिए । मेला कात्तिक ८ गतेदेखि नक्साल भाटभटेनीबाट सुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुने उनले बताए । आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ वटा स्टल रहने बताइएको छ । मेलाको बैंकिङ पार्टनर सानिमा बैंक तथा प्रवर्द्धकमा ग्यालरी टिव्वेट हाउस रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री बितरण गर्ने लक्ष्य राखेको छ । सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यले नेपाली हस्तकला महँगोमात्र नभइ सस्तो पनि रहेकोले आन्तरिक बजार प्रवर्द्धन गर्न सकिने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया