अक्टोबरमा टेस्लाले बेच्यो चीनमा बनेका ५४ हजार बढी सवारीसाधन
बेइजिङ । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले अक्टोबरमा ५४ हजार तीन सय ९१ वटा चीनमा बनेका सवारीसाधन बिक्री गरेको छ । यसमा ४० हजार छ सय ६६ वटा निर्यात गरेको चाइना प्यासेन्जर कार एसोसिएसन (सीपपीसीए)ले सोमबार जनाएको छ ।
टेस्लाले चीनको सांघाईमा मोडल ३ सेडान र मोडेल वाई एसयूभी उत्पादन गरिरहेको कम्पनीले गत सेप्टेम्बरमा ५६ हजार छवटा कार बिक्री गरेको थियो । त्यसमा तीन हजार आठ सय ५३ वटा निर्यात भएका थिए । त्यस्तै गत महिना चिनियाँ विद्युतीय कार उत्पादक निओ इन्कले पनि तीन हजार छ सय ६७ कार बिक्री गरेको छ । एक्सपेंग इन्कले भने १० हजार एक सय ३८ वटा कार डेलिभरी गरेको छ ।
यता फक्सवागन एजीले १२ हजार माथि कार बिक्री गरेको छ । चीनमा अक्टोबर महिनामा कुल १७ लाख ४० हजार गाडी बिक्री भएको सीपीसीएले जनाएको छ । वर्षगत तुलनामा यो १४ प्रतिशतले कम हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया