आर्थिक संकटग्रस्त एभरग्रान्डेले भाखा सकिनुअघि नै उठायो साढे १४ करोड डलर
चीन । आर्थिक संकटग्रस्त अवस्थामा पुगेको चिनियाँ घरजग्गा कारोबारकर्ता एभरग्रान्डेले म्यादअघि नै बजारबाट १४ करोड ५० लाख अमेरिकी डलर उठाएको छ । कम्पनीले ऋणको ब्याज भुक्तानी गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा उक्त रकम संकलन गरेको हो । कम्पनीले मिडिया फर्म हेंगटेन नेटवर्क ग्रुपमा रहेको ५.७ प्रतिशत सेयर बिक्री गरेको बीबीसीले जनाएको छ । कम्पनीले १४ करोड ८० लाख डलर ऋण ब्याज भुक्तानी यही हप्ता गर्नुपर्नेछ । कम्पनीले अहिलेसम्म ३० दिनको थप अवधिअगावै तिर्न बाँकी ब्याज तिर्दै आफूलाई बचाउँदै आएको छ ।
यो वर्षको सुरुसम्म हेंगटेनमा कम्पनीको सबैभन्दा धेरै सेयर थियो तर सेयर बिक्री गरेर कम्पनीले आफ्नो वित्तीय प्रतिबद्धता पूरा गरिरहेको छ । हेंगटेनको अन्य ठूला कर्पोरेट सेयरसदस्य चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट पनि हो । कम्पनीले एभरग्रान्डेबाट २६ करोड ६० लाख डलरबराबरको ७ प्रतिशत सेयर गत जुलाईमा किनेको थियो । पछिल्लो सेयर बिक्रीसँगै टेन्सेन्ट उक्त मिडिया कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व भएको कम्पनी बनेको छ ।
हेंगटेनबाहेक एभरग्रान्डेले आफ्नो बेलायतस्थित विद्युतीय मोटर उत्पादन व्यववसाय प्रोटीन गत हप्ता बिक्री गरेको थियो । कम्पनीले यो बिक्रीबाट कति आम्दानी ग¥यो भन्ने खुलाइसकेको छैन । जुन सन् २०१९ मा पाँच करोड ८० लाख डलरमा किनिएको थियो । बितेका महिनाहरुमा कम्पनीले ऋणको ब्याज तिर्ने रकम जुटाउन आफ्ना सम्पत्ति बिक्री गर्न हम्मेहम्मे परिरहेको छ ।
गत महिना कम्पनीले हङकङ स्टक एक्सचेन्जमा आफ्नो सेयर कारोबार पनि रोकेको थियो । आफ्नो ठूलो कारोबार हुनलागेकोले सेयर कारोबार रोके पनि पछि बिक्री सम्झौता निष्कर्षमा पुग्न सकेन । १७ दिन कारोबार रद्द गरे पनि दुई अर्ब ६० करोड डलरको भनिएको उक्त सम्झौता अन्तिम चरणमा हुन नसकेको हो । एभरग्रान्डेको तीन खर्ब डलरको ऋणको पहाड र कम्पनीको ऋण चुक्ता गर्ने अवस्थाले कम्पनी ध्वस्त हुने संघारमा पुगेको छ । यसले विश्वबजारमा खराब सन्देश गएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया