दोलखा । हिमाली जिल्ला दोलखाका विभिन्न भेगमा लगाइएको किबी टिप्ने सिजन सुरु भएको छ । यहाँका दर्जनौँ किसानले व्यावसायिक रूपमा किबीको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यो वर्ष किबीको माग कम रहेको जिल्लाका किसान तथा व्यापारीहरूले बताएका छन् । गत वर्ष पनि कोरोना भाइरसको कारण किबी सस्तोमा किनबेच भएको चरीकोटका स्थानीय फलफूल व्यापारी अर्जुन राउतले बताए । किबीको सिजन भर्खरै सुरु भएकाले पनि कात्तिक महिनामा माग कम रहेको उनको भनाइ छ ।
गत वर्ष पनि बजारका व्यापारीले ४० रूपैयाँ सस्तोमा किबी बिक्री गरेका थिए । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा अन्य ठाउँको तुलनामा धेरै किबी खेतीहुने गरेको छ । गतवर्ष कोरोनाले कम मूल्यमा किबी बिक्री गरेका किसानहरू यो वर्ष भने मूल्य वृद्धि हुने आशामा रहेका छन् ।
गत वर्ष कोरोना भाइरसका कारण बाहिरी पर्यटकको दोलखामा आगमन हुन नसक्दा किबीको व्यापार नभएको दोलखाको शैलुङ गाउँपालिका –८ मा किसान माधव खत्रीले बताए । उनको बारीमा यो वर्ष करिब एक हजार पाँच सय केजी किबी फलेको छ । दोलखामा किबी खेती चारैतिर गरिन थालेपछि उत्पादन वृद्धि हुँदै गएको र बजार सानो भएकाले जिल्लामा किबीको माग कम हुनु स्वाभाविक भएको खत्री बताउँछन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया