फरक क्षमता भएकाहरुलाई निःशुल्क मेडिकल क्याम्प
काठमाडौं । गैरसरकारी संस्था टिम नेपोले फरक क्षमता भएकाहरुका लागि निःशुल्क मेडिकल क्याम्पको आयोजना गरेको छ । गत शनिबारका दिन कीर्तिपुरको पागामा रहेको नवज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त क्याम्पबाट २९ जना फरक क्षमता भएका व्यक्तिहरुले सेवा लिएका थिए, जसमा अधिकांश आँखाका रोगी र बृद्ध रहेका थिए ।
गैर नाफामुलक संस्था टिम नेपोले गत अगस्ट महिना देखि फरक क्षेमता भएका वृद्ध तथा असाहयहरुका लागि निःशुल्क मेडिकल क्याम्पको मार्फत सेवा दिँदै आइरहेको छ । कार्यक्रममा टिम नेपोका अध्यक्ष डा.निगम पौडेलले असहाय, ज्येष्ठ तथा फरक क्षमता भएका व्यक्तिहरुलाई कोभिड र पछिका दिनहरुमा विशेष स्वास्थ्य सहायता पु-याउन लागि परेको बताए ।
क्याम्पलाई निभा र राजेश प्रधान परिवारको विशेष सहयोग रहेको थियो भने अपाङ्ग युवा सञ्जाल र नेपाल आयूर्वेदा मेडिकल स्टुडेन्ट सोसाइटी तथा इन्टिग्रेटिभ मेडिसिन डेभलप्मेन्ट फाउण्डेसनले सहयोग गरेका थिए । यसअघि पनि टिम नेपोले संख–धर ज्येष्ठ नागरिक सेवा केन्द्र, दिव्य सेवानिकेतन ओल्ड एज होम गोल्फुटार र मानव सेवा आश्रम भक्तपुरमा निःशुल्क मेडिकल क्याम्प मार्फत सेवा पु¥याएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया