जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते
दोलखा । जिल्लाको जिरी नगरपालिकामा शनिबार बिहान भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । जिरी नगरपालिका–९ ठूलोपातल झिसेपुका ५० वर्षीय जगत बहादुर सुनुवार र ५८ वर्षीय टीका सुनुवार भालुको आक्रमणबाट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाका अनुसार बिहान नजिकैको वनमा घाँस दाउराका लागि गएको समयमा भालुले आक्रमण गर्दा दुवै जना गम्भीर घाइते भएका हुन् । भालुको आक्रमणबाट उनीहरुको अनुहार र शरीरमा चोट लागेको छ ।
घाइते दुवै जनालाई दोलखामा उपचार सम्भव नरहेकाले हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखाको उत्तरी क्षेत्र र जिरी नगरपालिकामा बारम्बार भालुले मानिसलाई आक्रमण गर्दै आएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया