युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच सहकार्य
काठमाडौं । युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको शिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको छ । यस साझेदारीले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।
महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्युटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनस्र्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ । महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया