सोलुखुम्बुलाई चालू आर्थिक वर्षभित्र साक्षर घोषणा गरिने
गुरुङ । हिमाली जिल्ला सोलुखुम्बुलाई चालू आर्थिक वर्षको अन्त्यसम्ममा साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको साक्षर घोषणा हुन बाँकी तीनवटा पालिकालाई साक्षर घोषणा गरेर जिल्लालाई नै साक्षर घोषणा गरिने तयारी भइरहेको शिक्षा समन्वय इकाइ सोलुखुम्बुले जनाएको छ ।
आठ स्थानीय तहमध्ये छवटा पालिकालाई साक्षर घोषणा गरिसकेको छ भने खुम्बु पासाङ ल्हामु, महाकुलुङ र लिखुपिके गाउँपालिका साक्षर घोषणा हुन बाँकी रहेको एकाइ प्रमुख खगेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘महाकुलुङ गाउँपालिकामा पुस २० गतेबाट साक्षर साक्षरताका लागि कार्यक्रम सञ्चालन भइरहेको छ भने लिखुपिकेमा पनि तयारी भइरहेको छ, यी दुईवटा पालिका साक्षर हुनेबित्तिकै हामी जिल्लालाई नै साक्षर घोषणा गर्छौँ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको कार्यपालिकाले साक्षर पालिका घोषणा गरिसकेको छ तर औपचारिक घोषणा हुन बाँकी छ ।’ तर विगत दुई वर्षदेखि देशका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारले लक्ष्य राखेको भए पनि कोभिडका कारण पछाडि धकेलिँदै आएको छ । उक्त लक्ष्य पूरा गर्न चालू आर्थिक वर्षमा पनि कोभिड बाधक बन्नसक्ने सम्भावना बढेको छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सोलुखुम्बु र ताप्लेजुङ साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिकहरू साधरण लेखपढ गर्नसक्ने भएपछि उक्त जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिने व्यवस्था छ । तर सोलुखुम्बुको हकमा भने साक्षर घोषणा गरिसकेको पालिकाहरूमा समेत निरक्षरको संख्या अधिक रहेको नागरिकहरूको गुनासो छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया