कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ : डब्ल्यूएचओ
अमेरिका । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताएका छन् ।
डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा मंगलबार भने, ‘कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ ।’
‘यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित भएर आएको छ’, उनले भने । कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गर्ने यूरोपेली मूलुकको पहिलो सदस्य राष्ट्र डेनमार्कले मंगलबार ओमिक्रोन भेरिएन्टको सामान्य प्रभाव देखिएकै समय देशमा कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गरेसँगै उनको यो भनाइ सार्वजनिक भएको हो ।
डेनमार्कसँगै अन्य धेरै देशहरूले यस्तै सोच बनाइरहेका भन्ने समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् । टेड्रोसले भने, ‘कुनै–कुनै देशहरूमा खोप र ओमिक्रोनको उच्च संक्रमण र स्वास्थ्यमा गम्भीर समस्या देखिएन भन्दैमा कोभिड संक्रमण अब फैलिँदैन भनिहाल्नु असामयिक र चिन्ताको विषय हो ।’
उनले नियन्त्रणका उपायलाई अझै प्रभाबकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, ‘अझै बढी कोभिड–१९ संक्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो ।’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले औंल्याएअनुसार १० हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन देखिएदेखि सन् २०२० को तुलनामा करिब नौ करोड व्यक्ति संक्रमित भएको रिपोर्ट छ ।
यस्तो अवस्थामा नयाँ कोभिड विविधता हल्का छ भन्ने जानकारी भएपनि अहिले पनि हामीले संसारका अधिकांश क्षेत्रहरूमा अत्यधिक मृत्युमा घटना देखिइरहेका छन् । उनले यो भाइरस पूर्ण सर्नदेखि रोक्न प्रयास गर्नु अत्यावश्यक रहेको बताए । ‘हामी कुनै पनि देशलाई बन्दाबन्दीमा फर्कन आह्वान गरिरहेका छैनौँ’, टेड्रोसले थपे, ‘हामी सबै देशहरूलाई खोप मात्र नभई हरेक उपकरण प्रयोग गरेर उनीहरूको जनताको सुरक्षा गर्न आह्वान गर्दै छौँ ।’
यो भाइरसको विकास जारी रहने भएकाले देशहरूले परीक्षण, निगरानी र अनुक्रम जारी राख्न आह्वान उनले आह्वान गरे । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया