काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ७ स्थित चनौटे–भीरखर्क जोड्ने ट्रस बृज (रातो पुल) रहेको स्थानमा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिजको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
गत साउन महिनामा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण बगाएको ट्रस ब्रिजको ठाउँमा सेनाले बेलीब्रिज निर्माण गरेको थियो । उक्त पुलको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात् उक्त बेलीब्रिज नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । पुल अभावका कारण उक्त इलाकामा बसोबास गर्ने स्थानीयवासीहरु प्रभावित भएको हुँदा तत्काल बेलिब्रिज जडान गर्नका लागि २०७८ साउन २६ र कात्तिक ०३ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकको निर्णयबमोजिम २०७८ कार्तिक ४ गतेबाट नेपाली सेना परिचालित भई निर्माणकार्य प्रारम्भ भएको थियो ।
उक्त उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, गृहसचिव टेक नारायण पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. रविन्द्रनाथ श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत अन्य पदाधिकारीहरु, रक्षा तथा गृह मन्त्रालयका सह–सचिवहरु, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सडक विभागका पदाधिकारीहरु, हेलम्बु गाउँपालिकाको अध्यक्ष, नेपाली सेनाका रथीवृन्दलगायत अधिकृत तथा अन्य सुरक्षा निकायका अधिकृतहरुको उपस्थिति रहेको थियो । सेनाद्वारा निर्माण गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरुले समग्र देश विकासमा टेवा पु-याउनुका साथै सैनिक–नागरिकबीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया